आज देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ।

जसको कारण आज देशका धेरैस्थानमा बर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पानी पार्ने प्रणाली क्रमश पश्चिमबाट पूर्वतिर गइरहेकाले पूर्वतर्फ पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
गएराति गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, बागमती र कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति वर्षा भएको छ।

आज गण्डकी, बागमती र कोशी प्रदेशका बाँकी केही भूभागसँगै मधेस प्रदेशकोसमेत थोरै भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावनासमेत रहेको छ।

प्रोटोन एजुकेसन
adb bank long