काठमाडौ । सत्तारूढ दल नेकपा एमालेका सांसद ईश्वरी रिजालले आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाले राजा फर्काउने हो भने उसकै सांसद एवम् पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालाई पनि श्री ३ बनाएर फर्काउनुपर्ने बताएका छन्। रिजालले राप्रपाले राजा फर्काउने भए पशुपतिशमशेर जबरालाई पनि न्याय गर्नुपर्ने बताएका छन्।
‘ज्ञानेन्द्रको नाती हृदन्द्रलाई श्री ५ बनाएर फर्काउने भए मोहनशमशेरको नाती पशुपतिशमशेर जंगबहादुर राणालाई श्री ३ फर्काउनुपर्यो। राप्रपाले उहाँलाई पनि न्याय गर्नुपर्यो,’ उनले भने।
सांसद रिजालले त्रिभुवन भन्नेहरु र मोहनशमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भएको र २०६५ साल जेठ १५ गते जनताको निर्विचत संविधान सभामार्फत नेपालबाट श्री ५ समाप्त भएको स्मरण गराए।