राजेन्द्र लिङ्देनलाई माफी माग्न कांग्रेसको चेतावनी, के हो लफडा ?

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले रक्सी चोरेको प्रमाणित गर्न या माफी माग्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।

घिमिरेले पार्टीलाई लञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन पनि उनले माग गरे ।

‘शुक्रबार संसद् बैठकमा राप्रपा अध्यक्षले गत चैत १५ गते भाटभटेनीबाट रक्सी चोर्ने सहमहामन्त्रीको छोरो भनेर नेपाली कांग्रेसलाई इंगित गरेको पाइयो । कुनचाहिँ सहमहामन्त्रीको कुन छोराले चोरेको हो, प्रमाणित गर्नुस्,’ घिमिरेले भने, ‘होइन भने उहाँले शब्द फिर्ता लिएर माफी माग्नुपर्छ, व्यक्तिगतरूपमा पार्टीलाई लञ्छित गरेर बोल्न पाइँदैन ।’

आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सचेतक घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई चुनौती दिएका हुन् ।

प्रोटोन एजुकेसन
adb bank long