ओली र देउवाबीच कानेखुसी

काठमाडौ । बाहिर फेरि सरकार परिवर्तनबारे चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार राति भेटवार्ता भएको छ।

सत्ताधारी दुई ठूला घटकका शीर्ष नेताहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटवार्तामा दुबै शीर्ष नेताले बाहिर चलाइएका हल्ला गलत र निराधार भएको बताएको उपप्रधान तथा अर्थमन्त्री पौडेलले जानकारी दिए ।  भेटवार्ताका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी रहेको बताइएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र सभापति देउवाले मुख्यगरी सरकारको नीति तथा कार्यक्रममा समेट्ने पर्ने नीतिगत विषयमा छलफल भएको छ ।

दुवै नेताले आम जनतामा निराशा फैलिरहेका बेला सरकारले प्रष्तुत गर्ने नीति तथा कार्यक्रममा आशावादी र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमको सूची बनाउन अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन् । सरकारले आगामी १९ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । यसैगरी जेठ १५ गते जारी हुने बजेट पनि जनमुखी बनाउने विषयमा प्रारम्भिक छलफल भएको स्रोतको भनाइ छ ।

प्रोटोन एजुकेसन
adb bank long