उपप्रधानमन्त्री पाउने भएपछि राजेन्द्र लिङ्देनको बोली बन्द

काठमाडौ । ओली सरकार अप्ठ्यारोमा परेको चर्चा चलिरहेका बेला राजसंस्था फर्काउने भन्दै राप्रपाले चलाएको आन्दोलन तुहिन पुगेको छ। ओली सरकार ढाल्ने र देउवा सरकार बनाउने दक्षिणको खेल जारी नै छ। यहि मेसोमा दक्षिणले राप्रपालाई यो आन्दोलन गर्नुभन्दा सरकार ढाल्ने खेल्न लागे फाइदा छ भनेपछि राप्रपाको आन्दोलन तुहिन पुगेको चर्चा छ।

समाचार स्रोत भन्छ, ‘भारतले अहिलेलाई सो नारा स्थगन गर्न भनेको छ । बरु जसरी हुन्छ ओली सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ समीकरणमा सहभागी हुन सुझाव आएको छ ।’ त्यसो त आफू सरकारमा नजाने तर यदि कांग्रेसको नेतृत्वमा सरकार बन्छ भने त्यसलाई बाहिरै बसेर समर्थन गर्ने भाषा लामो समयदेखि माओवादी अध्यक्ष प्रचण्डले बोल्दै आइरहेका छन् । सरकारको लखेटाइबाट निकै थाकिसकेको रास्वपा, राप्रपा र माओवादीसमेतको सहभागितामा देउवालाई प्रधानमन्त्री बनाउन भारत लागि परेको यसअघि नै चर्चा व्यापक छ । दावीका साथ स्रोत भन्छ, ‘राजेन्द्र लिङदेन सरकारमा जान तयार छन् । अनि देउवा सरकारमा राम्रो पोर्टफोलियोसहित उपप्रधानमन्त्री बन्ने चाहाना छ ।’

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको बताएका छन् । उनी थाइल्यान्डबाट फिर्ता हुने क्रममा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने प्रश्नमा देउवाले भने, “केही भएको छैन ।”

सत्ता समीकरण फेरबदल सम्बन्धमा पत्रकारले राखेको अर्को प्रश्नमा उनले हल्लामात्रै भएको बताए।

प्रोटोन एजुकेसन
adb bank long