काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूको वार्ता सुरु भएको छ । शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबिचको वार्ता सुरु भएको छ ।
उता काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।
दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।
अब तत्कालै आन्दोलनरत शिक्षक र सरकार पक्ष दुवैलाई वीन–वीनको सिद्धान्त अनुरुप नयाँ मोडालिटिमा जान विलम्ब गर्न हुन्न । सरकार निकम्मा बनोस् या तुहाउने यत्न जुनसुकैमा लागोस्, तर महासंघले हरतरहले सक्षम वार्ता टोली तयारी अवस्थामा राखेर वार्ताको मार्ग प्रशस्त गरिनु पर्दछ ।
आन्दोलनमा वार्ता र सम्वादविहीनता भन्ने हुनु हुँदैन ।विगतमा सम्झौता सहमति भएका शिक्षकका मागहरु मागहरुमध्ये संविधानसँग बाझिने र मुलुकको आर्थिक स्रोतले हाललाई धान्नै नसक्ने प्रकृतिका मागहरुलाई हाललाई थाती राखिराख्दा आकाश खस्दैन। मन्त्रिपरिषद्बाटै टुङ्गने प्रकृतिका तत्कालै निर्णय गर्ने सुनिश्चितता हुने गरी वार्ताको टेबलबाटै सहमति र समाधान उचित हुन्छ ।