काठमाडौ । सत्ता सहयात्री दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बैंकक जानु यता नेकपा माओवादीले सरकार परिवर्तन गर्न कांग्रेससँग निर्णायक वार्ता गर्ने निर्णय गर्नु उता कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले घुमाउरो शैलीमा विरोध गर्दै सरकारको कार्यशैलीमाथी प्रश्न उठाउनु । यी तीन घटनाले नेपाली राजनीतिमा के भैरहेको छ भन्ने बहस चलेको छ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति एवम् पूर्व उपप्रधानमन्त्री खड्काले सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । उनले सरकारका कामकारबाही सच्याएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।यसलाई अर्थपूर्णरूपमा हेरिएको छ। उच्चस्तरीय संयन्त्रका सदस्य समेत रहेका खड्काको उक्त अभिव्यक्तिलाई लिएर एमाले नेतृत्व पँक्ति भने सशंकित बनेको छ।
पछिल्लो समय सरकार सञ्चालनको विषयलाई लिएर कांग्रेसका प्रभावशाली नेताहरुले सार्वजनिक रुपमै आलोचना बढाएका छन् । काठडमाडौंमा आयोजित एक कार्यक्रममा खड्काले सरकारको कार्यशैली सच्याउनुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि अर्को तरिकाले अघि बढ्ने अभिव्यक्ति दिएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ ले शेरबहादुर देउवा फर्किनासाथ सरकार परिवर्तनका लागि निर्णायक वार्ता गर्ने भनिरहेका छन् ।
यसरी सत्तासहयात्री तथा बिपक्षी दलहरूबाट यस्ता अभिव्यक्ति आउदा एमाले बृतमा भने सरकार परिवर्तन हुने हो कि भन्ने आशंका बढेको छ ।