कांग्रेससँग नयाँ सरकारका लागि छलफल गर्ने माओवादीको निर्णय, देउवा फर्के लगत्तै निर्णायक वार्ता गने प्रचण्डको उद्घोष

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । उनले सरकारका कामकारबाही सच्याएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

पछिल्लो समय सरकार सञ्चालनको विषयलाई लिएर कांग्रेसका प्रभावशाली नेताहरुले सार्वजनिक रुपमै आलोचना बढाएका छन्।

कांग्रेस नेताहरुको सरकार बिरोधि स्वर बढेपछि हौसिएका प्रचण्डले संसदीय दलको बैठकमा सांसदहरूलाई नयाँ सरकारको गृहकार्य भइरहेको संकेत गरेका भएपनि थप विस्तृतमा भने नबताएको सांसदहरूले जानकारी दिएका छन् ।

बैठकमा ‘प्रचण्ड’ले भने, ‘देउवाजी अहिले थाइल्याण्ड जानुभएको छ । उहाँ फर्किएपछि औपचारिक कुराकानी हुन्छ । उहाँ जानुअघि पनि सामान्य कुराकानी त भएको छ । थप छलफल चाहिँ फर्किएर आइसकेपछि औपचारिक कुराकानी हुन्छ ।’

उनले बैठकमा आफूहरू सरकारमा जाने भन्दा पनि सरकारबाहिर बसेर काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने भन्नेमा जोड रहेको बताए ।

उनले थपे, ‘हामीले सरकारबाहिर बसेर समर्थन गर्ने कुरामा जोड दिएका छौँ । तर, उहाँहरूले सरकारमै सामेल हुनुपर्छ भन्ने खालको प्रारम्भिक कुराकानी भएको छ । यो सरकार उनीहरूबीचको आन्तरिक अन्तरविरोधकै कारणले ढल्ने देखिन्छ। हामीले ढाल्न खोजेर होइन । काँग्रेस-एमालेभित्र अहिले अन्तर्विरोध चुलिएको छ । बजेटसम्म पुग्दा क्लाइमेक्समा पुग्छ । गभर्नर नियुक्ति पनि अड्किरहेको छ । त्यसैले उहाँहरूबीचको स्वार्थको कारणले सरकार ढल्ने देखिन्छ ।’

प्रोटोन एजुकेसन
adb bank long