एमालेको युवा उत्सवमा ठुला नेता वक्ताबाट किन भए आउट ?

सुहाङदेखी सुनितासम्म, शिवकुमारीदेखी स्ववियु सभापतिसम्म

काठमाडौ  । सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा गर्ने ‘युवा उत्सव’ मा अधिकांश वक्ता युवा रहेका छन् । लोकतन्त्र दिवसको अवसर पारेर एमालेले यो कार्यक्रम गरेको हो ।

भृकुटीमण्डपमा हुने कार्यक्रमलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा महासचिव शंकर पोखरेलले छोटो सम्बोधन गर्ने जनाइएको छ । त्यसभन्दा बाहेकका वक्ताहरू सबै युवा हुने एमालेले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य इलाम २ बाट निर्वाचित सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पिएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारी लगायतले बोल्ने भएका छन् ।

कार्यक्रममा बोल्नको लागि १६ देखि २४, २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० सम्म उमेर समूहको वक्ता छनोट गरिएको छ। जसमा सबै समूहलाई समेटेर समावेशी पनि बनाइएको छ।

कार्यक्रमको अध्यक्षता युवा संघ अध्यक्ष क्षितिज थेवे आफैँले गर्नेछन् भने स्वागत मन्तव्य अनेराश्ववियुका अध्यक्ष समीक बडालले गर्नेछन्। कार्यक्रममा एलिना चौहानलगायत कलाकारको प्रस्तुति पनि रहनेछन्।

प्रोटोन एजुकेसन
adb bank long