काठमाडौँ । आफ्नो कार्यक्षेत्र के हो ? कर्तव्य के हो ? भन्ने जस्ता बिषयको ख्याल नगरी, सचिव सुरेश आचार्यलाई स्पष्टिकरण सोधेर तमासा देखाउने र नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई हटाउनु हुँदैन भन्दै राज्यमन्त्री भएर पनि सरकारकै बिरोधमा उत्रिने पूर्णबहादुर तामाङ बर्खास्तीमा परे। मन्त्री दीपक खड्कासँग बोली बाराबारको अवस्थामा आफ्नै सचिवसँग टक्कर लिन खोज्दा राज्यमन्त्री पद नै गुमाउनु परेको छ ।
यो मन्त्रालयमा मन्त्री र सचिवबीच लफडा हुँदा सचिवले मन्त्री हटाएका उदाहरण धेरै छन् । कांग्रेसका नेता बलदेव मजगैया मन्त्री हुँदा सचिव थिए , लोकमानसिंह कार्की । दुईबीच लफडा हुँदा सचिव कार्कीले मजगैयालाई हटाएको दृष्टान्त छ। त्यस्तै राधा ज्ञवाली र सचिव राजेन्द्र किशोर क्षेत्रीबीच पनि त्यस्तै भयो ।
विभिन्न ठेक्का हात पार्ने तर काम नसक्ने ठेकदारका रुपमा पतिचित तामाङ कुलमानकै विषयलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग तिक्तता बढेको थियो । खड्काले राज्यमन्त्रीलाई हटाउन पार्टी सभापति देउवासँग पटकपटक आग्रह गर्दै आएका थिए ।
सचिव सुरेश आचार्यलाई स्पष्टिकरण सोधिएको विषयमा प्रधानमन्त्री असन्तुष्ट भएकाले भेटेर एक पटक माफी माग्न तामाङलाई आग्रह गरेका थिए । तामाङले आफ्नो कुनै गल्ती नभएको भन्दै प्रधानमन्त्रीसँग माफि नमाग्ने जवाफ दिएका थिए । त्यस्तै कुलमानलाई जोगाउन सके विद्युतका ठेक्का पाइने लोभमा पनि राज्यमन्त्री तामाङ लागि परेको बताइन्छ ।
बुधबार बर्खास्त गर्नुपहिले पनि प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई माफी माग्नका लागि बालुवाटार आउन भनी गृहमन्त्रीमार्फत सन्देश पठाएका थिए । तामाङले त्यो पनि अस्वीकार गरेपछि गृहमन्त्रीले नै राजीनामा गर्न भनेका थिए ।राजीनामा पनि नदिने भन्दै गृहमन्त्रीसंगै पैठेजोरी खेलेपछि गरहमन्त्रीले प्रधानमन्त्रीलाई सो कुरा जानकारी गराएका थिए। सो कुरा जानकारी पाएलगत्तै प्रधानमन्त्रीले उनलाई बर्खास्त गरेका थिए ।