१९ औँ लोकतन्त्र दिवसका दिन एमालेको ‘युथ सेलिब्रेसन’, एक लाख युवा काठमाडौमा भेला हुने

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र १९ औँ लोकतन्त्र दिवसको अवसरमा आज बैशाख ११ गते काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

हिजो (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्न लागेको एमाले निकट संगठनहरूले जानकारी दिएका छन् ।

यस्तै, उनीहरूले लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवाहरुलाई सडकमा ल्याउने पनि बताएका छन् ।

आजको युथ सेलिब्रेसनमा सहभागी हुन विभिन्न जिल्लाबाट युवाहरू काठमाडौ आउने क्रम जारी छ ।

आजको कार्यक्रम काठमाडौको भृकुटीमण्डपमा हुने बताइएको छ ।

प्रोटोन एजुकेसन
adb bank long