काठमाडौ महानगरमा मेयर र कार्यकारीबीच बोलचाल बन्द ! कार्यकारी भएर जान कोहि सहसचिव तयार नहुँदा सरोजलाई तनाव

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ सहसचिवको सरुवा गरेको छ । सरुवामा विराटनगर महानगरपालिकामा नयाँ प्रशासकीय अधिकृत पठाइएको छ । तर, काठमाडौं महानगरपालिकाको मागअनुसार भने प्रशासकीय अधिकृतको सरुवा गरिएको छैन ।

संघीय सरकारले काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी गरेपनि त्यहाँ जान कुनै सहसचिव तयार नहुदाँ सरोज गुरागाईँलाई सरुवा गरेर नयाँ पठाउन नसकिएको एक सहसचिवले बताए ।

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पनि आफुलाई सरुवा गरिदिन अनुरोध गरेका थिए तर पठाउने ब्यक्ति नभेटेपछि उनको सरुवा भएन ।

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका  भएर जाने चर्चामा सहसचिवहरू प्रेमप्रसाद भट्टराई, विष्णुप्रसाद कोइराला, रामबहादुर कुरुम्बाङ, रोशन ज्ञवाली, प्रधुम्नप्रसाद उपाध्याय, कुमारप्रसाद दाहाल थिए तर महानगरको पछिल्लो परिस्थितिका कारण कोहि पनि जान तयार नभएको बताइन्छ ।

मन्त्रालयले विराटनगरको प्रशासकीय अधिकृतमा सहसचिव रामचरित्र मेहतालाई पठाएको छ । तर काठमाडौमा नयाँ  अधिकृत पठाएको छैन ।

काठमाडौं महानगरपालिकाले पनि नयाँ प्रशासकीय अधिकृत पठाउन आग्रह गरेको थियो । यसपटकको सरुवामा पनि मन्त्रालयले कसैलाई पठाएको छैन ।

काठमाडौं महानगरमा कार्यरत प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि मेयर बालेन्द्र(बालेन) साहले भ्रष्टाचारको आरोप लगाउँदै उनको सरुवा माग गरेका हुन्। करिब तीन महिना काम नगरेका गुरागाई दुई साताअघिदेखि महानगरमा फर्किएका छन् । तर, मेयरसँग उनको भेटघाट हुने गरेको छैन ।  बालेनले नयाँ प्रशासकीय अधिकृत पठाउन बारम्बार पत्राचार गर्दै आएपनि संघीय सरकारले मानेको छैन। मेयर र प्रशासकीय अधिकृतको द्वन्द्वका कारण महानगरका धेरै काम रोकिएको कर्मचारीहरू बताउँछन्।

प्रोटोन एजुकेसन
adb bank long