काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री केपी ओलीले नयाँ नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले बताएको छ । नयाँ शिक्षा मन्त्रीमा एमाले नेता रघुजी पन्तको नाम बालुवाटारबाट शीतल निवास पुगिसकेको स्रोतले बतायो
यससँगै नेकपा एमालेबाट रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री ओलीले उनलाई शिक्षामन्त्री नियुक्ति गर्ने तयारी गरेका हुन्।