काठमाडौं । कहिले एमालेमा आउन च्यासलतिर त कहिले एकीकृत समाजबादीतिर हाम फाल्न दौडादौड गर्ने पूर्व उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम अहिले चर्चा बाहिर छन् । उनको उमेर र भूमिकाका कारण ओझेलमा छन् ।
गौतम आजको दिनमा आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध शून्यमा रहेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँग आफ्नो सम्बन्ध राम्रो पनि नभएको र नराम्रो पनि नभएको भन्दै त्यसलाई शून्य सम्बन्धको संज्ञा दिए ।गौतमले अहिले आफू र ओलीबीच पानी बाराबारको अवस्था भने नरहेको स्पष्ट पारे । उनले ओलीले बोलाउँदा आफू जाने तर पार्टीमा प्रवेश गर्न भने नजाने विश्वास दिलाए । उनले अहिले आफू र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि वार्ता तथा छलफल भैराखेको जानकारी दिए।