हृदयन्द्रको नाम लिँदा नायिका सुरक्षा पन्तमाथि राजावादीको आक्रमण

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तमाथि यतिबेला राजाबादीहरु  आक्रमण गरिरहेका छन् । फेसबुकदेखि टिकटकसम्म गालीको बाढी छ । एउटा अन्तरवार्तामा सुरक्षालाई पूर्वनवयुवराज हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न लगाइएको थियो । यो प्रसंगलाई लिएर पन्तमाथि अहिले राजावादी खनिएका हुन् ।

उक्त अन्तर्वार्तामा अन्तर्वार्ताकारले हृदयेन्द्रको तस्वीर देखाएर  जिज्ञासा राख्दै टिप्पणी गर्न भनेका थिए, त्यस प्रसंगमा  सुरक्षाले भनिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ… पारसको छोरो होइन ? के रे नाम?’

उनले नाम फड्कारेर भन्न सकिनन् । कार्यक्रम प्रस्तोताले नाम बताइदिएपछि सुरक्षाले उनलाई एउटा सेलिब्रिटीजस्तो चित्रण गर्न खोजिन् ।

‘उहाँको ठूलो फ्यान छ नि दाइ… योङ्स्टर नानी केटीहरुको (हाँस्दै) । धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा…’, खिसिट्युरी भावमा उनले भनिन् । त्यसपछि प्रस्तोताले अर्को प्रश्न गरे, ‘तपाईं उहाँलाई भविष्यमा कुन रुपमा हेर्न चाहनुहुन्छ ?’ सुरक्षाले थप खिस्याउँदै भनिन्, ‘आउनुस फिल्म इन्डष्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरु राम्रो छ । हाइ होप अभिनय पनि सक्नुहुन्छ होल । कुनै आर्टतिरै लाग्नुभयो भने दामी हुन्छ होला । सिनेमा क्षेत्रमा पनि स्वागत छ उहाँलाई ।’
‘केही राजनीतिकर्मीले उहाँलाई राजा बनाउनुपर्छ पनि भनेका छन् नि ?’, अर्को प्रश्न सोधियो । सुरक्षाले त्यो सम्भावनालाई इन्कार गरिन् ।‘राजा त अब… राजा बनाउने व्यवस्था त कहाँ हामीले स्वीकारेकै छैनौं, कस्तो राजा हाहाहा… । आइ थिंक पहिलेको राजपरिवारहरु स्पोट्समा बढी रुचि राखेको मैले थाहा पाएको थिएँ । उहाँ पनि कुनै स्पोट्समा इन्भल्भ हुन सक्नुहुन्छ । फिल्ममा पनि धेरै जनासँग राम्रो जोडी देख्छ उहाँको । अभिनय चाहिँ आउनुपर्यो, यत्तिकै त कसले एक्सेप्ट गर्छ र’, उनले कटाक्ष गर्दै भनिन् ।

अन्तरवार्ताको यो क्लीप अहिले टिकटकमा भाइरल भइरहेको छ । केहीले उनको समर्थन पनि गरेका छन् भने धेरैले आलोचना गरेका छन् । कतिले भिडिओ नै बनाएर उनलाई भद्दा गालीगलौज गरेको पनि देख्न सकिन्छ । पूर्वराजपरिवारको सदस्यलाई मर्यादाहिन तरिकाले खिसिट्यूरी गरेको आरोप राजसंस्था समर्थकहरुको छ ।

प्रोटोन एजुकेसन
adb bank long