रवि जेल गएपछि रास्वपामा डीपी र स्वर्णिमको टक्कर : सुमनासहित ६ सांसद गुप्त अभियानमा लाग्दा बालेन दंग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति जेल गएपछि दुई उपसभापति डिपि अर्याल र स्वर्णिम वाग्लेबीचको टसल बढ्दै गएको छ । यसको पछिल्लो ताजा घटना नेत्री सुमना श्रेष्ठको राजिनामा प्रकरण हो ।

सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिएको रवि बाहिर रहँदै हो । रविले सुमनाको राजीनामा होल्ड गरेका थिए तर उनी भित्र गएसँगै उनको राजिनामा  नियोजित रुपले बाहिर ल्याइएको आरोप स्वयं सुमनाले लगाएकी छन् ।

उता सुमनाले राजिनामा  दिएसँगै सो पार्टीका अन्य नेता पनि पद छोड्ने तयारीमा रहेको बुझिएको छ । सुमना बाहेक अरु ५ सांसदले पनि पद छाड्ने योजनामा रहेको रास्वपाका एक केन्द्रीय सदस्यले बताए ।

राजीनामा दिएकी सुमनाले विभिन्न महिला, कन्टेन क्रियटर, बौद्धिक वर्गसँगको भेटघाटलाई तीब्रता दिएकी छन् । उनले बालेन साहलगायत स्वतन्त्रहरुको नयाँ राजनीतिक समीकरण बनाउन लागेको दाबी गरिएको छ । उनीसँगै अन्य ५ सांसद पनि यो अभियानमा जोडिएको बताइन्छ । सहकारी काण्डमा रवि पक्राउ परेसँगै पार्टीभित्र फरक धारणा राख्दै आएकी सुमनाले ‘गुप्त अभियान’ चलाइरहेको रास्वपाकै एक नेताले बताए ।

सभापति रवि लामिछानेसँग असन्तुष्ट रहेका तर ‘मुकुल ढकाल बनाइने’ डरले चुपचाप रहेका नेताहरुले सुमनाको राजीनामालाई समर्थन जनाएका छन् । त्यस्ता पाँच जना सांसदले पार्टीको विभिन्न जिम्मेवारीबाट अलगिने तयारी गरेको जानकार स्रोतको दाबी छ ।

कार्यवाहक सभापति डिपी अर्यालको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका ती नेताहरु अब नयाँ ढंगबाट अघि बढ्ने मनस्थितिमा पुगेको बताइन्छ ।

‘जब पोखराको आन्दोलन तुहियो र काठमाडौँ फर्किनुपर्यो, त्यतिबेलै तीन जना मान्यज्यूले यसरी अघि बढ्न सकिन्न भन्नुभएको थियो’, स्रोत भन्छ, ‘अहिले त्यो संख्या बढेर ६ पुगेको छ, जसमा सुमना म्याम खुलिहाल्नुभयाे, अरु विस्तारै खुल्नुहुन्छ।’

अहिले सुमनाको राजीनामा प्रस्ताव स्वीकृत भइसकेको छैन । यसले पार्टीलाई पुर्याउनसक्ने क्षतिलाई रोक्न उपसभापति डिपीले लचक हुँदै छलफलका लागि तत्परता देखाएका  छन् ।

‘संसदमा उहाँ (सुमना)ले पार्टीको राम्रो छवि बनाउनु भएको छ, उहाँको विषयमा जे जति हल्ला आए, त्यसलाई रोक्ने प्रयास हुनसक्छ’, एकजना केन्द्रीय तहका नेताले जनाए ।

प्रोटोन एजुकेसन
adb bank long