जब हरिबंशको आँखा रसायो अनि उनले मजाक गरेनन्

काठमाडौ । हरिवंश आचार्य आफैमा एउटा ब्राण्ड हो । नेपाली कलाकारितामा एउटा अलग्गै पहिचान र उचो कदको नाम हो – हरिबंश आचार्य । हरिबंशको कलाकारिता यात्राले यही साल ५० वर्ष टेकेको छ। वि. सं.२०३१ मा रेडियो नेपालबाट सुरु भएको यो यात्रा ‘भूठान’सम्म आइपुग्दा तितामिठा अनुभूतिका अनेक पहाडहरूले अग्लिएका छन्।

वैशाख १२ बाट रिलिज हुन लागेको यो फिल्ममा हरिवंशले ६५ देखि ७० वर्षबीचिको वृद्धको भूमिका निर्वाह गरेका छन्, जो भुटानबाट लखेटिएर नेपाल हुँदै शरणार्थीका रूपमा संसारकै सपनाको देश भनेर चिनिएको अमेरिका पुगेको छ। उसँग सबथोक छ, तर खुसी छैन। आफ्नै देश फर्किन नपाएको पीडाले बिथोलिएको छ।

यो पात्रको तयारीका क्रममा हरिवंश थुप्रै भुटानी नेपालीको घरमा पुगेका छन्। माटोप्रतिको उनीहरूको प्रेम र तड्पाइ देखेर भावुक पनि भएका छन्।

आज ऐनाअघि उभिएर यो यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ? के पाउनुभयो, के गुमाउनु, के सिक्नुभयो?’ हरिवंशको मुहार हर्षले गमक्क भयो।

जवाफमा उनले भने, ‘यो क्षेत्रबाट सम्पूर्ण चिज पाएँ। नपाएको केही पनि छैन। इज्जत, मान, प्रतिष्ठा, आर्थिक लाभ, भौतिक सुविधा, विदेश यात्रा, अपार माया। मैले काम सुरु गर्दा देशको जनसंख्या दुई करोड मात्रै थियो, अहिले १ करोड थपिएछ। योबीचमा मैले नपाएको चिज केही पनि छैन। केही गुमाएको पनि छैन। यो क्षेत्रमा आउनुअघिसम्म मसँग केही पनि थिएन, त्यसैले केही पनि हराइनँ। मान्छेहरू यो क्षेत्रमा आएपछि  प्राइभेसी भएन, प्राइभेट लाइफ हरायो भन्छन्। खासमा त्यो गलत हो। त्यस्तो हो भने यो क्षेत्रमा किन आउने ? मान्छेहरूले चिनुन् भनेर काम गर्ने हो। सबैले चिन्ने काम छानेपछि मेरो प्राइभेसी भएन भन्न पाइँदैन। यसबारे यो क्षेत्रमा आउनुअघि नै सोच्नुपर्छ। ’

भुठानका निर्देशक हुन् – विनोद पौडेल। निर्देशक पौडेललाई एउटै चुनौती थियो– हरिवंशलाई उनीभित्रको ‘ह्युमर’ हटाएर ‘भूठान’को पात्रमा घुसाउने। हरिबंश हास्य कलाकार तर भुठानमा उनको रोल सिरियस खालको छ। त्यसैले निर्देशकलाई निकै गारो थियो ।
बिनोदले पटकपटक हरिवंशसँग यसबारे कुरा भैरहन्छ । त्यसबेला हरिबंशको हँसाइरहने स्वभावको पनि प्रसंग उठ्यो। विनोदले आग्रह गरे– ‘दाइ, यो चलचित्रको सुटिङभरि जोक नगरिदिनुस्, प्लिज। भाउजुसँग पनि जोक नगरिदिनुस्, कोहीसँग नगरिदिनुस्।’

फेरि हरिवंश झसंग भए। कसैसँग केही नबोली कोठा छेउको भर्‍याङमा गए। लामो समयसम्म एक्लै घोत्लिएर बसे।

‘उहाँको कुरा मानेर भर्‍याङमा गएर एक्लै बसेको थिएँ। त्यसपछि उहाँहरूले भने जसरी अनुसरण गरेर हिँडेँ,’  उनले भने।

यसैबीचमा एउटा प्रसंगमा हरिबंश भन्छन् – विनोदजीको कन्भिन्स गर्ने शैली अलि फरक छ। उहाँँको आँखामा हेर्दा आँसु देखेँ। मलाई त्यति भन्नलाई उहाँलाई धेरै गाह्रो भयो जस्तो लाग्यो। त्यसपछि मेरो पनि आँखा रसायो। बेकार यत्रो चिज भयो भन्ने लाग्यो। अनि मैले नै सरी भन्दिएँ। ’

प्रोटोन एजुकेसन
adb bank long