कक्षा १२ को परीक्षा प्रभावित हुने देखेपछि गृह , शिक्षा र अर्थ मन्त्री शिक्षकका माग सम्बोधनमा जुटे

काठमाडौ । गत चैत २० गतेदेखि काठमाडौ केन्द्रित आन्दोलनरत शिक्षकले आफ्ना माग पूरा नभए यही बैशाख ११ गतेबाट सुरूहुने कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने बताएसंगै गृह, शिक्षा र अर्थ मन्त्री शिक्षकका माग सम्बोधनबारे छलफलमा जुटेका छन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किँदा भर्ना अभियान र एसईईको उत्तरपुस्तिका जाँच समेत प्रभावित भएपछि मन्त्रीहरू छलफलमा जुटेका हुन् ।

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ ।

शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लागि मन्त्रीहरूको बैठक बसेको बुझिएको छ ।

अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि आज मन्त्रीहरू छलफलमा जुटेका हुन्।

प्रोटोन एजुकेसन
adb bank long