उपत्यका विकाश प्राधिकरणमा ढकाल र सिंहको ढलिमली

काठमाडौ । कहिँ नभएको जात्रा हाडिगाँउमा भन्ने भनाई काठमाडौ उपत्यका विकास प्राधिकरणमा ठ्याक्कै मिलेको छ । प्राधिकरणकी प्रमुख  विकास आयुक्त जानुका ढकालको असक्षमता र अयोग्यताका कारण प्राधिकरण अहिले बद्नाम र पंगु बन्न पुगेको छ । रोचक कुरा के छ भने, ढकालले आफ्ना निकट कर्मचारीहरुलाई उचालेर आफ्नै कार्यकक्षमा ताला लगाउने गर्छिन । र दोष अर्कोलाई दिने गर्छिन् । ढकालको कार्यकाल अझै एक वर्ष जति बाँकी छ । यो अवधिमा उनले देख्न लायक केही काम गरेकि छैनन् ।

ढकालको कमजोर कार्यसम्पादनले मन्त्रालयमा समेत प्रश्न उठेपछि तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाक्रीको पालामा ढकाललाई हटाउन खोजिएको थियो । उनलाई हटाउनका लागि मन्त्रालयका एक सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले ढकाललाई हटाउन सिफारिस पनि गरेको थियो । हटाउने प्रक्रिया अघि बढाउन दुई पटक स्पष्टिकरण सोधिएको पनि थियो । तर सहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंह पुनः फर्केपछि ढकाललाई हटाउने प्रक्रिया रोकिएको थियो । रमेश सिंहले सचिबबाट  अवकाश पाएपछि राष्ट्रिय योजना आयोगको सदस्य बनेका छन् । तिनै सिंहले अहिले पनि प्राधिकरण चलाएका छन् । सिंहकै ईसारा र डिजाइनमा जानुका ढकाल चलेको चर्चा मन्त्रालयमा सुन्न पाईन्छ ।

प्राधिकरणका एक कर्मचारीका अनुसार  मन्त्रालयको सचिव भइसकेका र राष्ट्रिय योजना अयाोगको सदस्य जस्तो गरिमामय पदमा बसेको व्यक्ति प्रायः एक दिन बिराएर दिनहुँजसो ढकालको कार्यकक्षमा घण्टौं बस्ने गरेका छन् ।

ढकालले प्राधिकरणलाई यतिसम्म व्यक्तिगत स्वार्थकोलागि प्रयोग गरीरहेकी छन कि उनले प्राधिकरण मातहतको दिव्यश्वरी जग्गा विकास आयोजनाको आयोजना कार्यालयको स्वामित्वमा रहेको रातो नम्बर प्लेटको बा. १७ च.४२५७  गाडी आफ्नो पति विनोद पछाइलाई नीजि प्रयोगको लागि दिएकी छन् । यस विषयमा अख्तियारमा समेत उजुरी परिसकेको छ । तर विनोदले गाडी फिर्ता गरेका छैनन् ।

एकातिर गैरकानुनी ढंगले आफ्ना  पतिलाई प्राधिकरणको गाडी प्रयोग गर्न दिएकी छन् भने अर्को तीर कानुन अनुसार नै प्राधिकरणले गाडी दिनुपर्ने प्राधिकरणका उच्च कर्मचारीहरुको गाडी खोस्ने गरेकी छन् ।
प्राधिकरण ऐनअनुसार रजिष्टार सरहको पदमा कार्यरत पुनरावेदन

समितिको सचिव र प्राधिकरणको संचालक समितिको सचिवसमेत रहेका कानुन अधिकृत घनश्याम पौडेलले प्रयोग गर्दै आएको बा. १ ज. ४९८३ नम्बरको गाडी खोस्न लगाएकी छन् ।

प्रोटोन एजुकेसन
adb bank long