काठमाडौ । अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे पनि संकटमा परेको छ। गत भदौमा सुनसरीका युवराज श्रेष्ठसँग बिहे गरेकी उनले श्रीमानसँग छुट्टिने निर्णय गरेकी हुन्। अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । गत भदौमा काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसेका थिए ।
श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।
अमेरिकामा बस्दै आएकी अरुणिमा यतिखेर नेपालमा छिन्। आफू अभिनीत फिल्म ‘घर: बट इन अमेरिका’ लागि प्रमोसनमा उनी व्यस्त छिन्।
केहीअघि अरुणिमाले सामाजिक सञ्जालबाट बिहेका तस्विरहरू हटाएकी थिइन्। त्यहीबेला उनीहरूको सम्बन्ध ठिक नभएको खबर बाहिरिएको थियो।
अरुणिमा र युवराजबीच छोटो समयको चिनजानमा बिहे भएको थियो । गत भदौमा छुट्टी मनाउन नेपाल आएका बेला अरुणिमालाई आफन्तमार्फत युवराजसँग बिहेको प्रस्ताव आएको थियो । केही दिन आपसमा समय बिताएपछि उनीहरूले तत्काल विवाह गर्ने निर्णय लिएका थिए । भदौ ३ गते काठमाडौंको राम मन्दिरमा परम्परागत तवरबाट उनीहरूको विवाह भएको हो ।
विवाहको केही दिनपछि नै अरुणिमा अमेरिका फर्किइन् । उनी श्रीमानको घरमा भित्रिएकी पनि थिइनन् । युवराजले वैशाखमा श्रीमतीलाई नेपाल बोलाएर घर भित्र्याउने बताइरहेका थिए । तर, बुहारी बनेर भित्रिनै नपाइ अरुणिमाको विवाह टुट्ने संघारमा पुगेको छ।
अमेरिकामा बस्दै आएकी अरुणिमा केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू अभिनीत फिल्म ‘घर: बट इन अमेरिका’ को प्रमोसनका लागि आएको भनिए पनि खासमा डिभोर्सका लागि आएको खुलेको छ । उनले श्रीमान् युवराज श्रेष्ठमाथि डिभोर्सको मुद्दा हालिसकेको बताएकी छन् ।
अमेरिकी नागरिक भइसकेको हुँदा नेपालमा अरुणिमाले सिधै मुद्दा लड्न मिल्दैन । त्यसैले वारेसमार्फत मुद्दा दायर गरेको बताइएको छ । उनले वैवाहिक सम्बन्ध अघि बढ्न नसक्नुमा सबै दोष श्रीमानमाथि खन्याएकी छन् । सुनसरीका कांग्रेस नेता युवराजले विवाह अगाडि धेरै कुराहरू ढाँटेको अरुणिमाको आरोप छ ।
अरुणिमाको यो दोस्रो बिहे हो । यसअघि उनको अमित अर्यालसँग पहिलो विवाह भएको थियो । उनीहरूबाट एक छोरी छिन् । छोरी जन्मिएपछि अमित र अरुणिमा अमेरिका सेटल भएका थिए । तर, त्यहाँ उनीहरूको वैवाहिक सम्बन्धले निरन्तरता पाउन सकेन । अमेरिका गएको केही समयपछि उनीहरूको सम्बन्ध टुटेको खबर सार्वजनिक भयो । पछि अमितले अर्को विवाह गरे ।