अर्घाखाँचीमा भएको बस दुर्घटनामापरी मृत्यु हुने ४ जनाको पहिचान खुल्यो

बुटवल । अर्घाखाँचीको सुपा देउराली दर्शन गरि नवलपरासी फर्कदै गरेका दर्शनार्थी चढेको बस सन्धिखर्क- गोरूसिङ्गे सडकखण्ड अन्तर्गत शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा बुधबार साँझ दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परी रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना वस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने,  निजको ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बस चालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जानकारी दिएको छ । प्रहरीका अनुसार बस चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

लु २ ख ३०३ नं को बस बस अचानक अनियन्त्रित भई  सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसअघि १५ जना घाइतेको उद्धार गरिएकामा प्रहरीले घटनास्थलबाट थप १२ जनाको उद्धार गरेको जनाउँदै  घाइतेको सङ्ख्या २७ पुगेको जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये छ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ।

प्रोटोन एजुकेसन
adb bank long