इटहरीको सेन्टर प्लाजाको आगो निभाउन काठमाडौँबाट हेलिकप्टर पठाइयो, ५ जनाको सकुशल उद्धार

Telecom

काठमाडौ । इटहरीको सेन्टर प्लाजामा लागेको आगो निभाउन काठमाडौबाट हेलिकप्टर पठाइएको छ । हेलिकप्टरले ५ जनाको सकुशल उद्धार पनि गरेको छ ।

१० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा बुधबार बिहान साढे ९ बजेदेखि आगलागी सुरु भएको हो। आगलागी भएको तलामा केही मानिस फसेको आशंका गरिएको छ। उनीहरुको उद्धारको लागि हेलिकप्टर पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।
आगलागी भएको तलामा क्यूएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेका छन्।

आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायत स्थानीय तहका आधा दर्जन दमकल पुगेका छन्। दमकलको सहायतामा नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन।

आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ। आगलागीबाट भएकाे क्षतिकाे विवरण आउँन बाँकी छ।

प्रोटोन एजुकेसन
adb bank long