काठमाडौ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।
आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशाेधन) बिधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने भएको छ।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल कानुन ब्यावसायी परिषद (दोस्रो संशाेधन) बिधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य ब्यवस्था समितिको प्रतिबेदनसहितको राष्ट्रियसभामा उत्पति भएको संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधि) सबन्धी (पहिलो संसोधन) बिधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधी) सबन्धि (पहिलो संसोधन) बिधेयक, २०८१ लाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने भएको छ।