काठमाडौं । आज नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।
बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बस्न लागेको हो ।
आज बस्ने सचिवालयको २६ औँ बैठकले समसामयिक राजनीतिक विषय र पार्टी संगठनात्मक कामका विभिन्न विषयमा निर्णय लिने नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
‘बैठकले समसामयिक राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण गरेर त्यसका सन्दर्भमा पार्टीले आफ्नो धारणा जारी गर्छ पहिलो, दोस्रो पार्टीको आन्तरिक संरचनात्मक कामहरूका बारेमा केही महत्त्वपूर्ण निर्णय लिन्छ, आजको बैठकका मुख्य दुईवटा एजेण्डा यिनै हुन्’, गौतमले भने।