काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
शनिवार मात्र चैत्र १५ गते सम्मको संसद बैठकको पात्रो सार्वजनिक गरेको संसदको आज बस्ने बैठकमा आर्थिक बिधेयक पेस हुने बताइएको छ ।
आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) बिधेयक, २०८१ माथी बिचार गरियोस्” , ” निजिकरण (पहिलो संशोधन) बिधेयक, २०८१ माथी बिचार गरियोस्” र ” आर्थिक तथा ब्यबसायिक वातावरण सुधार र लगानी अभिबृद्धी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बिधेयक, २०८१” गरि तीनवटा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।