पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कहाँ कतिमा पाइन्छ त ?

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज आइतबार बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो।

घटेसंगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५१ भएको निगमले जनाएको छ।

प्रोटोन एजुकेसन
adb bank long