काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ ।
यही चैत ४ गते सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिएका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिने सचिव डा. अधिकारीले बताएका छन् ।