प्रधानमन्त्रीद्वारा साहित्यकार लीलबहादुर क्षेत्रीको निधन प्रति दुख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन प्रति दुःख व्यक्त गरेका छन् ।

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको खबरले आफूलाई पीडा बोध भएको ओलीले बताएका छन् । ‘ख्यातिप्राप्त साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको खबरले पीडा भएको छ, दिवङ्गत लीलबहादुर क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ-दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

‘लीलबहादुर क्षेत्रीको बसाइँ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो, उहाँका बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन्, भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुस्कार’बाट सम्मानित उहाँको ‘ब्रम्हपुत्रको छेउछाउ’ उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ’, क्षेत्रीका कृति बारे चर्चा गर्दै ओलीले लेखेका छन् ।

साहित्यकार क्षेत्रीको गए राति ९३ वर्षको उमेरमा भारत स्थिति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।

प्रोटोन एजुकेसन
adb bank long