चितवन । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीका एक युवकको मृत्यु भएको छ ।
करेन्ट लागेर सख्त घाइते भएका ३१ वर्षीय ईन्द्रलाल मोक्तानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेर सख्त घाइते भएसंगै मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो ।