विराटनगर । सुनसरीमा ट्याक्टरको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको हरिनगर गाउँपालिका–४ मा ट्रयाक्टरको ठक्करबाट स्थानीय उमेश मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्रयाक्टरले पैदल हिँडिरहेको बेला ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरूवा लगिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।ट्रयाक्टर र त्यसका चालक रूपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।