घर पूजामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु

कालिकोट । कालिकोटमा नयाँ घरको पूजा भइरहेको ठाँउमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिका–१० चौकीमा बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो।

दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते घाइते भएका छन्। झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो। सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान प्रहरी टोली पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रोटोन एजुकेसन
adb bank long