यो संविधान कुनै व्यक्तिले दिएको होइन, जननिर्वाचित संविधानसभाले बनाएको हो : प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाका आइतबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरेका छन् ।

ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट पारेका छन्। उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशलाई जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद व्यक्त गरेका छन् ।

“पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएका छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?”, प्रधानमन्त्री ओलीको प्रश्न थियो, “राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रुपमा हुनुहुन्छ । अरु कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?”

प्रधानमन्त्री ओलीले अहिले दुई ठुला दलको सहमतिबमोजिम सरकार बनेको र आफूहरुको सहमतिबमोजिम आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याएका छन् ।

प्रोटोन एजुकेसन
adb bank long