अनाथालयमा टिपर छिर्दा ३ जनाको ज्यान गयो

काठमाडौ । काठमाडौंको शंकरापुरमा बेवारिसे बालबालिकाहरूको  आश्रयस्थलमा टिप्पर छिर्दा ३ जनाको ज्यान गएको छ ।

आज बिहान अन्दाजी ३:४० बजे शंकरापुर नगरपालिका -६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको अनाथालयमा टिप्पर छिरेको हो ।

बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भइ छिर्दा भएको घटनामा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजनको ज्यान गएको हो । उनीहरूको वास्तविक पहिचान भने थाहा छैन। यी नाम पनि संस्थाले राखेको हो।

उक्त अनाथालय युबराज थापाले संचालन गरेका हुन्। द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा जम्मा ६१ जना बस्दै आएका थिए। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए।

प्रोटोन एजुकेसन
adb bank long