उदयपुर । उदयपुरमा बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा हिजो (बिहीबार)साँझ बोलेरो जीपको ठक्करबाट सप्तरी जिल्ला राजविराज घर भई त्रियुगानगरपालिका-१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी चालक त्रियुगा नगरपालिका वडा नं ९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।