लुम्बिनी प्रदेशका सचिवहरूको जिम्मेवारी हेरफेर

Telecom

बुटवल । लुम्बिनी प्रदेश सरकारको आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कविन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोकबहादुर सुनारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गालक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिएका छन् ।

adb bank long