प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश  (कार्यसूचीसहित)

Telecom

काठमाडौ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेशहरू निर्णयार्थ पेस गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडी बढाउन सत्तारुढ दलबीच सहमति भएसंगै आज ५ अध्यादेश निर्णयार्थ पेस गरिने भएको हो।

अध्यादेश पेस हुने भएपछि कांग्रेस र एमालेले आ-आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन्।

यी हुन् आज पेस हुने ५ अध्यादेश :-
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१

– निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ 

– आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

– सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ 

adb bank long