सहकारीको रकम हिनामिनाको आरोप लागेका नेता कार्यकर्तालाई निलम्बन गर्ने एमाले गण्डकीको निर्णय

Telecom

पोखरा ।  नेकपा एमाले गण्डकी प्रदेश कमिटीको चौथो सचिवालय बैठकले सहकारी रकम हिनामिनाको आरोप लागेका नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय गरेको छ ।

मंगलबार पोखरामा प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको प्रदेश कमिटीकी उप -सचिव तथा प्रचार एबं  प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले बताएकी छन् ।

बैठकले म्याग्दी जिल्ला कमिटीका  पूर्ब उपसचिव समेत रहेका प्रदेश कमिटी सल्लाहाकार परिषद् सदस्य तथा  जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई अदालतमा विचाराधीन  मुद्दाको किनारा नलागे सम्मका लागि पार्टीको  जिम्मेबारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

यसका साथै बैठकले पार्टीले लगत्तै संचालन गर्न गैरहेको तिन महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेबारी बाँडफांड समेत गरेको प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जानकारी दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले पार्टीले संचालन गर्न गैरहेको तिन महिने अभियानलाई प्रभाबकारी र उपलब्धीमुलक बनाउने गरेर कार्ययोजना तय गरिने र त्यहि अनुसार सम्पूर्ण पार्टी पंक्ती परिचालित हुनुपर्ने बताएका छन् ।

इन्चार्ज गुरुङले  पार्टी सरकारमा रहेको अबस्थामा पार्टीका बिरुद्धमा गरिएका कु-प्रचार र अफवाहहरूको प्रतिकार सहित सबल पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन् ।

बैठकमा सो पार्टीका बागलुङ जिल्ला अध्यक्ष हिरा बहादुर के सी , लमजुंग अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा , तनहुँ अध्यक्ष हरिराज कंडेल , पर्बत अध्यक्ष गोबिन्द पाहाडी , म्याग्दी अध्यक्ष बालकृष्ण सुबेदी , कास्की अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री  सहितका जिल्ला अध्यक्षहरूले आ-आफ्नो जिल्ला कमिटीको गतिबिधि र कार्यक्रमहरूको सन्दर्भमा प्रकाश पारेका थिए ।

adb bank long