धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ७५ वर्षीय प्रकाश केसी रहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका ३ रानामार्गस्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री केसीलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रोटोन एजुकेसन
adb bank long