विराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटना सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा भएको छ।
दुर्घटनामापरी मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राई रहेको प्रहरीले जनाएको छ ।
चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते राइको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।