काठमाडौ । गोठाटार हत्याका अभियुक्त भारतीय नागरिक गुड्डु पटेललाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ।
२०७९ असोजमा गोठाटारमा पटेलको समूहले गोली प्रहार गरी सर्लाहीका लाल मोहम्मदको हत्या गरेको थियो। सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर पटेललाई नियन्त्रणमा लिएको जनाएको छ।
पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको प्रहरीले जनाएको छ । उनलाई टोखाको चन्डेश्वरी अस्पतालमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
प्रहरीले थप दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।