बुटवल । रुपन्देहीमा गोली प्रहार गरि एकजनाको हत्या भएको छ ।
हत्या हुनेमा मायादेवी–२ महदेवा (डङ्गचाहावाका)का २९ वर्षीय राकेश सिंह लोध (राजु) रहेको बुझिएको छ ।
शुक्रबार राति घर भएकै बेला लोध माथि गोली प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
राति उनीमाथि गोली प्रहार भए पनि बिहान अवेरसम्म नउठेपछि स्थानीयले घर पुग्दा बरन्डामा शव फेला परेको थियो।
प्रहरीले लोधको आँखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको बताएको छ । बिहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य उनको शव फेला परेको थियो।
शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको छ।