काठमाडौ । शुक्रबार मध्यरातमा काठमाडौ उपत्यका लगायतका जिल्लामा भूकम्पको ठुलै धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर राति २ बजेर ५१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर गएको यो भूकम्पले पनि कमजोर संरचनाहरू भत्काउन सक्ने भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।
मध्यरातमा गएको हुनाले भूकम्पले भएको क्षतिको विवरण भने आइसकेको छैन। काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए।
काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्।