काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ ।
भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका तर्फबाट रु एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रु दुुई लाख हस्तान्तरण गरियो ।
भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतको सहभागीता थियो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ ।
प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११ र दोस्रो हुने टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।