पशुपतिबाट ७५ जना पक्राउ

काठमाडौ । महाशिवरात्रिका अवसरमा भिडभाड भएको मौकाको फाइदा उठाउदै विभिन्न आपराधिक कार्यमा संलग्न ७५ जनालाई  प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी बृत्त गौशाला र जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

पक्राउ परेका मध्ये केहीलाई गाँजा खाएर हल्ला गरेको आरोपमा र केहीलाई भक्तजनको सिक्रीसहितका सामान लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको विगतको आपराधिक रेकर्ड हेरेर मात्रै छाड्ने या थप कारबाही अघि बढाउने निर्णय लिने जनाएको छ।

प्रोटोन एजुकेसन
adb bank long