सर्लाही । सर्लाहीमा प्रहरीले स्रोत नखुलेको झण्डै साढे सात लाख रूपैयाँ र मोटरसाइकलसहित एकजना भारतीयलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो जिल्लाको गौरखकालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको बीआर ३० एबी ९१८३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा प्रहरीले स्रोत नखुलेको सात लाख अन्ठाउन्न हजार तीनसय दस रूपैयाँ फेला पारेको हो ।
मोटरसाइकल चालक भारतको बिहार बिसनपुरका २२ बर्षीय चन्दन कुमार महतो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाएको छ ।