प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रोटोन एजुकेसन
adb bank long