तीन प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

Telecom

काठमाडौ । अहिले नेपालमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ। जसको कारण दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको केही पहाडी स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अन्य पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी राति भने कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।  कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका हल्का हिमपातको सम्भावना रहेको छ ।

adb bank long