कति छ बैँकसंग लगानी योग्य रकम ?

काठमाडौ । पछिल्लो समय बजारमा आर्थीक अभाव देखा परेपनि बैँकहरूसंग भने पर्याप्त लगानी योग्य रकम रहेको छ ।यसरी बाणिज्य बैंकहरूले लगानीको उपयुक्त ठाउ नदेखेपछि बैंकमा भएको रकम नेपाल राष्ट्रबैंकले सस्तो ब्याजदरमा लिने गरेको पाइन्छ ।

हाल वाणिज्य बैंकहरुसँग कुल ६ खर्ब ३८ अर्ब ६८ करोड बढी लगानीयोग्य रकम छ । वाणिज्य बैंकहरुले कुल ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार माघ मसान्तसम्म आइपुग्दा बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँ वृद्धि भएको छ।

कर्जा प्रवाह २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँ बढेको छ । हाल बैंकहरुको सीडी रेसियो ६४ प्रतिशतसम्म आइपुगेको छ । हाल सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको ६३.९६ प्रतिशत छ । कर्जा लगानीका लागि पनि बैंकसँग सबैभन्दा धेरै १ खर्ब १५ अर्ब ७१ करोड बढी रकम छ । माघ मसान्तसम्म बैंकले ४ खर्ब ४४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । तर, २ खर्ब ८३ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकसँग पनि ५९ अर्ब ४२ करोड रुपैयाँ लगानीयोग्य रकम छ । समिक्षा अवधिमा बैंकले ५ खर्ब २९ अर्ब २० करोड रुपैयाँ निक्षेप संलकन गरि ४ खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको सीडी रेसियो ७८.७७ प्रतिशत छ । यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीडी रेसियो पनि ७३.६९ प्रतिशत छ । यसका आधारमा बैंकसँग कुल ५५ अर्ब ६९ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।संघका अनुसार नेपाल बैंकसँग पनि ४९ अर्ब ६२ करोड, प्रभूसँग ४३ अर्ब ७७ करोड, नबिलसँग ३७ अर्ब ७६ करोड, कृषि विकास बैंकसँग ३७ अर्ब ४१ करोड, लक्ष्मी सनराइजसँग ३१ अर्ब ९४ करोड र कुमारीसँग २९ अर्ब ६७ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।

नेपाल एसबिआई बैंकसँग पनि २६ अर्ब ४५ करोड, स्ट्याण्डर्ड चार्टर्डसँग २६ अर्ब १८ करोड, हिमालयनसँग २१ अर्ब ९५ करोड, एनआइसी एशियासँग २० अर्ब ९५ करोड, सानिमासँग १९ अर्ब ३९ करोड, एभरेष्टसँग १६ अर्ब ९३ करोड, एनएमबिसँग १६ अर्ब ६५ करोड, सिद्धार्थसँग १२ अर्ब ११ करोड, सिटिजन्ससँग १२ अर्ब ३ करोड माछापुच्छ्रेसँग १० अर्ब ७७ करोड, प्राइमसँग १० अर्ब १० करोड रुपैयाँ छ ।

प्रोटोन एजुकेसन
adb bank long