झापा । प्रेस चौतारी नेपाल झापाको पत्रकार उपचार सहयोग कोषमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेकी छन्।
नगर प्रमुख प्रसाईले श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा उपचार कोषलाई नगद सहयोग प्रदान गरेकी हुन् । आइतबार बिर्तामोडस्थित निवासमा नगर प्रमुख प्रसाईले सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
पत्रकार उपचार सहयोग कोषको संयोजक भीमा शिवाकोटी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा माघ २२ गते दोमुखामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रसाईले सामाजिक एव् राजनीतिक व्यक्तित्व ज्ञानु प्रसाईको स्मृतिमा सहयोग रकम घोषणा गरेकी थिइन् ।