प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको बार्षिक प्रतिवेदन आ. ब. २०७९/०८० पेश गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक-२०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा वनमन्त्री ऐन बहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रोटोन एजुकेसन
adb bank long